काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । सोमबार प्रतिनिधिसभाको विशेष सयममा दलीय आधारमा सम्बोधन गरेकी सांसद राणाले देशमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको भन्दै यस्तो बताएकी हुन् ।

उनले भनिन्न ‘सबैले देखिरहनुभएकै होला, म यो संसद्मा फिजिकल फर्ममै उपस्थित छु । म यसबाट के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगिसकेको रहेछ । मलाई के लाग्यो भने, हाम्रो देशमा हुने फेक मिडियाप्रति सरकारको सुपरभिजन हुनुपर्यो । मैले ६ दिनअघि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा सहभागी भनेर सीबीआई र साइबर क्राइम सेलमा । दर्ता गर्न पनि अटेरी गरिएको थियो । विश्वास पनि लाग्दैन होला सत्तापक्षको ठूलो नेताको श्रीमतीलाई यस्तो भयो भनेर । तीन घण्टा लागेको थियो उजुरी दिन । म गृहमन्त्रीबाट जवाफ चाहन्छु, किन अलमल थियो यो दर्ता गर्न रु ६ दिन हुँदा पनि किन बताउन सकेको छैन कि यो फेक हो कि होइन  ?’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेको फेक अडियोको छानबिनका लागि उजुरी दिँदा उजुरी समेत सहज रुपमा स्वीकार नगरिएको बताइन् । उनले आफू त्यसरी हार खाने महिला नभएको भन्दै अडियोको सत्यतथ्य छानबिन चाँडो गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here