काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।  सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो । 

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here