एजेन्सी । शाहरुख खान र प्रभासको फिल्मको रिलिज डेट सर्दासर्दै नजिककै हुन आयो । डंकी यहि डिसेम्बर २२ मा रिलिज भएको थियो भने सालार डिसेम्बर २३ मा ।
दुबै सुपरस्टारका फ्यान फलोइङ धेरै छ । यी दुबैका कयौं फ्यान क्लब त सामाजिक सञ्जालमा पनि छन् ।शाहरुख र प्रभासको फिल्म बक्स अफिसमा जुधिरहेका बेलामा सामाजिक सञ्जालमा फ्यानहरु पनि एक अर्कासँग भिडिरहेका छन् ।
डंकी पहिला आएकोले सालारको तुलनामा यसले धेरै स्क्रिन पाएको छ । अहिले दुबै सुपरस्टारका फ्यानहरुबीच बक्स अफिसको कलेक्शनमा गडबडी भएको भन्दै चर्काचर्की भइरहेको छ । यो चर्काचर्की बेतुकका भद्दा र गालीगलौजपूर्ण कुरामा परिणत भइरहेका छन् ।
सालार र डंकी दुबैले आफ्नो तरिकाले बक्स अफिसमा शानदार कमाइ गरिरहेका छन् । हिन्दी दर्शकहरुका लागि मात्रै बनेको डंकीले पहिलो हप्तामा १६० करोड भारुभन्दा धेरैको नेट कलेक्शन गर्दा सालारको कमाई पहिलो हप्तामा ३०० करोड भारु नाघेको थियो । केहीले प्रभासको वर्ल्डवाइड कलेक्शनबारे प्रश्न उठाएका थिए । केहीले कर्पोरेट बुकिङको कुरा उठाइरहेका छन् ।