काठमाडौँ । सिमकोट – जाजारकोट भूकम्प पीडितका लागि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गरेका छन्। भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माण गर्न उनले उक्त रकम सहयोग गरेका हुन्।
कर्णाली प्रदेश सभामा हुम्ला जिल्ला ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले व्यक्तिगत रूपमा भूकम्प पीडितका लागि आर्थिक सहयोग गरिएको बताए।यो सहयोग रकम पीडितबो अस्थायी टहरा निर्माणका लागि खर्च गरिनेछ। उनले पाँच लाख रुपैयाँको चेक कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीलाई आइतबार हस्तान्तरण गरेका हुन्।


























