काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले आगामी वैशाख २८ प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक बाहिर ल्याएको हो । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२ औं  संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । धरानबासीको सम्मानका धरानै आएर पोष्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए ।फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवार हुन् । फिल्मबाट धरानका मेयर हर्क साम्पाङ्गले अभिनयमा डेब्यु गरेका छन् ।‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म हो । फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । ‘खजुरे ब्रो’ बाट नीति शाहले पनि अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । फल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय छ ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । फिल्म वितरण आरआर फिल्मस्ले गर्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here