काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले ‘सिसा पिसिआई डीएसएस-४.०”  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ । 

आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिने जनाइएको छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here