ललितपुर, भाद्र १३ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुरद्धारा वृद्धबृद्धाहरुलाई खानाको व्यवस्था कार्यक्रम आयोजना गरेको छ । २७ औ बार्षिकोत्सको उपलक्ष्यमा आज बुधबार ललितपुर धापाखेल वडा नं. २४ नाघदह अवस्थित मानवसेवा आश्रममा एक कार्यक्रमका बीच इक्यान ललितपुर शाखाले खानाको प्रबन्ध मिलाई सामाजिक सेवामा टेवा पुर्याएको हो ।

आज विहानै इक्यानका पदाधिकारीहरु उपस्थित भई २७ बर्षगाँठको अवसरमा सौजन्य स्वरुप ४६ जना आश्रितहरुलाई आश्रममा खानाको सेवा गरेको हाे । यस्तैमा मानवसेवा आश्रमले इक्यान ललितपुरलाई प्रशंसा-पत्र प्रदान गरेको थियो । समयसापेक्ष इक्यानले सामाजिक कार्यमा पनि निरन्तर टेवा पुर्याएर समाजमा एउटा असल उदाहरण प्रस्तुत गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here