काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनीपी साउदले परराष्ट्रमन्त्रीको शपथग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आइतबार कांग्रेस सांसद एनपी साउदले शपथग्रहण गर्ने भएका हुन् ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।
स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।


























