रुपन्देही । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको सोमबार  उपराष्ट्रपति रामसहाय यादवले भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन गरेका छन् ।

 ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको दूतावासले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here