रुपन्देही । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् ।

‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं’, शाहले आफ्नो सम्बोधनमा भनेका छन् । साथै उनले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताएका छन् ।

पूर्वराजा शाहले देश बनाउन राम्रो मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिँदै द्धन्द, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्न कविता शैलीमा आह्वान समेत गरेका छन् ।

शाहले भनेका छन्

सुख शान्ति यसैमा छ ।

विगतको सबै दुःख बिर्सिदेउँ ,

मायाले मायालाई भरिदेउँ,

घृणाको आगोलाई कर्त जलाइ देउँ,

पहिले यो आगोलाई मिलेर निभाइ देउँ,

भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन,

अब भाँचिएको टुक्राहरू जोडी देउँ,

उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,

पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,

अनुहार फेरि फेरि षडयन्त्र नगर,

त्यस्ताको चालबाट आफूलाई बचाइदेऊँ

सबैमा फेरि एक पटक हाम्रो धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here