काठमाडौं । झापा- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा बिर्तामाेडमा सर्वसाधारणकाे भीड लागेकाे छ। नाचगानसहित सर्वसाधारण उपस्थित भएका छन्।राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा शाह शुक्रबार अपराह्न झापा आइपुगेका हुन्। उनकाे स्वागतका लागि सर्वसाधारणहरू निकै प्रफुल्लित छन्।पूर्व राजा आएका बखत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार शक्ति प्रदर्शन गर्दैछ।
मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएऽबिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण आज पूर्वराजा शाहले गर्ने कार्यक्रम छ । कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ ।कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष लिङ्देन करिब १० दिनदेखि झापामै छन्।


























