काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज उनले  शिलान्यास गरेका हुन् ।

एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here