काठमाडौ। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो सेयर बिक्रीमा ल्याएको हो । संस्थाका सेयरधनीहरु पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता गरी कुल २२ हजार ८३१ कित्ता सेयर संस्थाले बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन नपरेकोमा एकीकृत निर्देशनअनुसार अब जो कोहिले सो शेयर खरिद गर्न सक्नेछन् । उक्त सेयर खरिद गर्न इन्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here