काठमाडाैं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएकाे छ ।
आज न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित महताब आलम,शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।
उनीहरूलाई मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय हुने छ ।