काठमाडौं । शुक्रबार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३५ नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३ सय ७३ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन् ।

४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here