काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले भने, ‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ । यो आक्रोश के को आक्रोश हो रु संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ । सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ ।’
मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने उनको भनाई थियो । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताए ।