काठमाडौँ । सामसङ ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट सुरु गरेको छ ।
ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज रिफ्रेस दर भएको ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरू छन् । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठुलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआई शक्ति प्रदत्त टुलहरु रहेका छन् । यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नेछन् ।


























