काठमाडौं । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । उनले माओवादी संसदीय दलको ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वसाको मत दिएरकाे भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।
माओवादीले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो ।