काठमाडाैं । नेपाल प्राकृति र भौगोलिक रुपम संवेदनशिल मुलुक मानिन्छ । बर्षेनी बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटनाहरु बढिरहेका छन् । जलवायु परिवर्तनको असर प्राकृतिक र भौगोलिक क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । बाढी पहिरोको जोखिम र नेपालको भू संरक्षणको वर्तमान अवस्थालाई लिएर वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक गणेश पौडेलसँग कुराकानी:-
पछिल्लो समय तराईमा बाढी तथा पहाडमा पहिरोको जोखिमनिकै छ । काठमाडौं उपत्यकापनि बाढीको चपेटामा छ । वास्तवमा अहिले देशमा भू–संरक्षणको अवस्थाचाहिँ कस्तो छ ?
वन तथा भू–संरक्षण विभागमा जलाधार तथा पहिरो व्यवस्थापन महाशाखा प्रमुखका रुपमा पनि कार्यरत छु । नेपालमा भू–संरक्षणको अवस्था हेर्दा नेपालमा ८३ प्रतिशत भिरालो जमिन छ ।१७प्रतिशत मात्र सम्म परेको जमिनछ । भिरालो जमिन पनि कम भौर्गविक अवस्थाको छ । जसले गर्दा भू–संरक्षणसँग सम्बन्धित नठानिएका प्राकृत विपद्, बाढी, पहिरो जस्ता घटनाहरू विगतदेखि नै भइरहेका छन् । पछिल्लो दिनमा जलवायु परिवर्तनको असरसँगै मानवी यक्रियाकलापले गर्दाखेरि अझ बढी बाढी र पहिरोका घटनाहरू बढिरहेका छन् । मुख्य कुरा के हो भने वर्षामा पानीलाई हाम्रो जमिनले कतिसम्म सोसेर राख्न सक्छ, यही कुराले बाढी र पहिरो कति आउने भन्ने कुरा निर्भर गर्छ ।एकातिर पानी पर्ने प्रक्रियामा परिवर्तन आएको छ, एकैचोटी औसत भन्दा बढी पानी पर्ने भइरहेको छ भने अर्कोतिर पूर्वाधार विकासका कामहरुले गर्दा पनि पहिरो र बाढीका घटनाहरूमा उल्लेख्य वृद्धि भएका छन् । नेपालमा यति धेरै सडक खनिएका छन् कि जसले गर्दा जमिन नै एक्सपोज भएको छ । मुख्यतः यिनै कारणले प्राकृतिक विपदका घटनाहरू बढिरहेका छन् ।
नेपालको भौगोलिक अवस्था र यहाँको माटोलाई अझ बढी जोखिमयुक्त मानिन्छ । नेपालको माटो कमजोर हुँदै जानुको पछाडिको कारण के हो ?
मैले अघि नै भनिसके हाम्रो भिरालो जमिन छ । जमिनको कमजोर भौर्गविक अवस्था छ । जुन एकदमै संवेदनशील हुन्छ, त्यस कारण पहाडहरू पहिरोको एकदम जोखिममा छन् । हाम्रो विभागले विगत चार वर्षदेखि गरेको अध्ययनमा दुई सेक्टर भन्दा ठुला पहिरो नै १६ हजार भन्दा बढी रेकर्ड गरिसकेका छौँ । नेपाल जस्तो सानो भौगोलिक क्षेत्रफल भएको देशमा पहिरोको अवस्था भयावह छ । यसमा प्राकृतिक कारण एकातिर छ भने मानव सिर्जित कारणहरू अर्कातिर छन् । बन विनाश,अवैज्ञानिक खेती प्रणाली, पूर्वाधार विकासले गर्दा पहिरोको घटनाहरू बढ्दै गएका छन् । जसले माटो कमजोर बनाइदिएको छ ।
त्यसो भए पूर्वाधार विकासमा राज्यले ध्यान नपुर्याउनु नै मुलुकमा बाढी पहिरोले वितण्डा मच्चाउनुको मुख्य कारण हो त ?
हामीले पूर्वाधार निर्माणका काम गर्दा सस्टे नेवल बेस सोलुसन अवधारणा अपनाउन सक्नुपर्छ । उदाहरणका लागि कुनै सडक एउटा एलाइनमा बनेको भए पनि सडक छेउछाउ थुप्रै गल्छी र खहरेहरू छन् ।सिमलतालको घटना हेर्ने हो भने त्यो सडकमाथि खहरे थियो । त्यो खहरेमा स्पोलोइड भएको थियो । त्यस्ता खहरेहरूमा समयमै उपचार गर्न सकिए नभने पूर्वाधारलाई क्षति गर्छ नै । उपचार भनेको के हो भन्नुहोला भने त्यहाँ रोक्नको लागि ड्याम बाध्ने हो कि ? वृक्षारोपण गर्ने होकि ? माथिबाट जुन लेदो आउँछ त्यसलाई माथि नै रोक्नका लागिकाम गर्नुपर्छ । यसो गर्दा ती खहरेका तलमुनि रहेका पूर्वाधारहरुमा क्षति हुँदैन ।
नेपालमा प्राकृतिक विपद्का घटनाहरूमा तराई, पहाड अथवा हिमाल कुन बढी संवेदनशील छ ?
एक हिसाबले समग्र नेपाल नै संवेदनशील जोनमा नै रहेको छ । तर सामान्यतः चुरे क्षेत्र अलि बढी संवेदनशील मानिन्छ । एउटा प्राकृतिक हिसाबले र अर्को मानवीय चापका कारणले अलि बढी संवेदनशील मानिन्छ । पूर्व–पश्चिम राजमार्ग बनिसकेपछि त्यहाँ भएको सहरीकरणले गर्दा स्रोत साधानमा एकातिर बढी चाप छ भने अर्को त्यो आफैँमा कमजोर भूभाग हो । तर हाम्रा सबै इकोसिस्टमहरू कमजोर रहेका छन् । पछिल्लो समय हिमालयहरुमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको छ । जसका कारणले हिमपहिरो जाने समस्याहरु आइरहेका छन् । यस कारण हाम्रा सबै क्षेत्रहरू संवेदनशील रहेका छन् । प्राकृतिक विपद्का घटनाहरू बढिरहेका छन् ।
जलवायु परिवर्तनका कारणले गर्दा भू–बनोटमा कस्तो असर परेको छ ?
जलवायु परिवर्तनले हाम्रोजस्तो देशमा विषेशगरी तापक्रम र वर्षाको प्रक्रिया नै अनियमित बनाइदिएको छ । जसका कारण माटोले जति थेग्न सक्छ, त्योभन्दा एकैचोटी धेरै पानी परिदियो भने भौगोलिक अवस्थाले थेग्न सक्ने अवस्था छैन् । त्यस कारण पहिरोका समस्याहरू सृजित हुन्छन् । धेरै पानी पर्नु पनि जलवायु परिवर्तनको असर हो भने औतस भन्दा कम पानी पर्नुपनि जलवायु परिवर्तनको असर हो । अब यसको न्यूनीकरणका लागिजलाधार र भू–संरक्षणका कार्यक्रमहरू सरकारले अगाडि सार्नु आवश्यक रहेको छ । यसो गर्दा अधिक पानी परेको ठाउँमा सोसेर राख्छ, कालन्तरमा पानीका मूलहरूबाट डिस्चार्ज हुन्छ । यसो गर्दा समय अनुकल मिलाउन सकिन्छ ।
माटोको जर्गेना र संरक्षण गर्नका लागि चाहिँ बाँस बिरुवा लगाउने मात्र हो कि ?त्यो बाहेक अरू पनि उपाय छन् ?
यसमा प्राविधिक हिसाबले सोयल कन्र्जरभेसन टेक्निकहरू हुन्छन् । भू–संरक्षण र जलाधार व्यवस्थापनका प्रविधिहरु दुई भागमा बाँडेर हेर्न सकिन्छ । एउटा इन्जिनियरिङ स्टकचर्स जस्तै ड्यामहरुबाट पनि संरक्षण गर्न सकिन्छ । अर्कोवायो इन्जिनियरिङ प्रविधिबाट पनि काम गर्न सकिन्छ । त्यो भनेको इन्जिनियरिङ स्टक्चर र प्राकृतिक प्लान्टेसन बायो इन्जिनियरिङका प्रविधिहरूबाट पनि जोगाउन सकिन्छ । विभागले चाहिँ प्लान्टटेसन बाँसका बिरुवा लगाउने ड्यामहरू बनाउने यसरी हामी प्रकृतिमा आधारित समाधान भन्छौँ । प्राथमिकता चाहिँ प्राकृतिक समाधानलाई नै अपनाएर काम गर्नु ।
काठमाडौं उपत्यकालाई संवेदनशील नै मानिन्छ । बढ्दै गएको सहरीकरण अव्यवस्थित घर निर्माण, जग्गा प्लानिङ बढी मात्रमा भइरहेका छन् यसलाई एकदमै संवेदनशील मानिन्छ । काठमाडौंको माटो कस्तो हो ?यसमा कस्तो खालको काम गरेको भए अहिलेको अवस्था भोग्नुपर्ने थिएन ?
काठमाडौं उपत्यकाको इतिहासले नै के भन्छ भने पहिला ताल थियो । पहाडबाट बगेर आएको उर्वर माटो थुप्रिएर नै काठमाडौं उपत्यका बनेको हो । मलाई लाग्छ काठमाडौंको जीवनस्तर भनेको चारैतिरका डाँडाकाँडामा भएका जंगलहरु त्यहाँका खेती योग्य जमिनहरु नै हो । अहिले पछिल्लो समयमा काठमाडौंका जंगलहरु खेती योग्य जमिनमा पनि सहरीकरण भइरहेको छ । जुन डाँडामा पानी पर्दथ्यो र सोस्ने गर्दथ्यो त्यो अहिले डाँडाले पानी सोस्न पाएको अवस्था छैन् । त्यहाँ घर र सडक बनेका छन् । त्यो सोझै खोलानालामा पुगेको अवस्था छ । सहरीकरणलाई त हामी रोक्न सक्दैनौँ तर स्टक्चरहरुमा चाँही ध्यान दिनै पर्छ । बन जंगल राखियो बने बनले पानी सोस्ने र बाढी कम हुने पनि हुन्छ ।
हजुरहरूको डाटाले देशको कुन चाहिँ भू भागमा जोखिममा छ ?भू संरक्षण र जलाधारको हिसाबले ?
नेपाल आफैँमा संवेदनशील हो । त्यस मध्येमा पनि चुरे क्षेत्र अलि बढी प्रभावित छ । प्राकृतिक कारण र मानवीय दुई कारण चुरेमा अलि बढी ध्यान दिनुपर्छ ।
बन तथा भू संरक्षण विभाले सरकारले दिनुपर्ने सुझाव र माग के छ ?
नेपालमा जलाधारको समुचितव्यवस्थापनहुन सकेन । भविष्यमाएकदमै ठुलो संकट ल्याउन सक्छ । यसले समृद्धिको विकासलाई एकदमै ठुलो दखल पुर्याउन सक्छ । त्यसैले हामीले समयमा नै समस्याहरू पहिचान गरी विकास निर्माणका कार्यक्रमहरूलाई जलवायु मैत्री बनाउँदै क्षेत्रगत नीतिहरुमा वातावरण संरक्षणलाई समावेश गराउनै अगाडि बढ्न आजको आवश्यकता रहेको छ ।


























