रौतहट। रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ । बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन । नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन । उपप्रमुख चौधरी नै धर्नामा बसे पछि नगरपालिकवाट हुने काम कारबाही प्रभावित भएको छ ।

गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरु मुख्य गेटमा धर्ना बसेका हुन । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन  । नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here