काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धीमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धीमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताए।उनले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धीमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए। महामन्त्री थापाले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए।उनले भने,  ‘राजनीतिक दलहरूका साथीहरू एकै ठाउँमा छाैं। हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धीमाथि भइरहेको छ ।

यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धीमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन। त्यसमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ। गर्नुपर्छ, हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी? भन्नेकुरामा छलफल गर्नुपर्छ। ’महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए। सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको पनि उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here