काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले बिहीबार चैत २३ गतेदेखि सर्वसाधारणका १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ निष्कासन गरेको हो ।
यो मध्ये १ लाख ८ हजार ८११ कित्ता० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


























