काठमाडौँ । काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको   गोकर्णेश्वर नगरपालिका– ४ गोकर्ण माइती नेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जना रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here