काठमाडौं । भारतीय बजारबाट भैरहवा भन्सार हुँदै १०० रुपैयाँभन्दा बढीको सामान ल्याए कर तिर्नुपर्ने भएको छ । भैरहवा भन्सार कार्यालयले आज सूचना जारी गरी भारतीय बजारबाट किनमेल गरेर १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने जानकारी दिएको हो ।
विभागका अनुसार व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्ने छ । जाँच परीक्षण नगरी सामान भन्सार परिसर भन्दा बाहिर लगेको पाइए भन्सार ऐन, २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही गर्ने समेत जनाइएको छ ।