काठमाडौं । सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरीुवाटर फ्रम द हिमालय कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन् ।
त्यस्तै सरकारले ढुंगागिट्टी निकासी गर्ने तयारी गरेको छ । महतले नदीजन्य पदार्थ निकासीका लागि आधार तयार गर्ने बताएका हुन् । हाल देशका विभिन्न नदीबाट प्रारम्भिक वातावरणीय परीक्षणगरेर स्थानीय तहहरूले ढुंगागिट्टी निकाल्दै आएका छन् ।
अध्ययन गरेर नदीजन्य पदार्थ निकालेको बताइएपनि मापदण्डभन्दा धेरै गहिरो र फरक ठाउँमा उत्खनन् हुने गरेको छ । यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले चुरेबाट नदीजन्य पदार्थ निकासी गर्ने बताएपछि चौतर्फी विरोध भएसँगै निर्णय सच्चाइएको थियो ।


























