काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएसँगै पछिल्लो समय अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरू घट्दै गएका छन् । जसको प्रभाव प्रत्यक्ष रूपमा सरकारले उठाउने ट्रेजरी बिल, विकास ऋणपत्रसँगै अन्य बन्डहरुको समेत ब्याजदर घट्न पुगेको छ । 

२०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेको थियो । तर, २०८० पुसमा यस्तो ब्याजदर ६९ प्रतिशतले घटेर ३.३७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले बताएको छ । यसले सार्वजनिक ऋण उठाउन र भुक्तानीमा सरकारलाई सहज भएको छ । यसैगरी, २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको पुसमा १०.९१ प्रतिशत रहेको थियो । 

मौद्रिक नीतिको लचिलो कार्यदिशा, सहज तरलता स्थिति र न्यून ब्याजदरको विद्यमान अवस्थालाई अवसरको रूपमा सदुपयोग गर्न आन्तरिक उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बढी योगदान गर्ने क्षेत्रहरूतर्फ कर्जा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here