काठमाडौं । सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि आईसीटी अवार्ड दिने भएको छ । मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले आईसीटी अवार्ड दिने भएको हो ।

सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आइरहेको छ । सोही दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गर्न लागिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ नाम दिइएको अवार्डका लागि आवेदन माग गरिएको छ । जसमा इच्छुक सार्वजनिक संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

आवेदकले अवार्डका लागि भर्नुपर्ने फारामको ढाँचा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइटमा राखिएको छ । उक्त फाराममा आफ्नो विवरण भरी यहाँ क्लिक गरी ईमेलमार्फत मन्त्रालयमा पठाउनु पर्नेछ । यसका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा समेत आवेदन फाराम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको एक सुचनाबाट जनाकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here