काठमाडौं । सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय पनि गरेको हो ।

काठमाडौं तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुंग्याउने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here