काठमाडौं । गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।

उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । आचार्यसँग विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । यसअघि उनी २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।

प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here