काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका पार्टी उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारी ठगीमा नाम जोडिएका गुरुङ र पोखरेलमाथि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका हुन् ।

थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताए । उनले जनतालाई सरकार भएको महसुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दैन भन्ने विश्वास गराउनुपर्ने बताए ।

महामन्त्री थापाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे । सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले बताए ।

थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न नहुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here