काठमाडौँ । हाँडी गाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले आजदेखि एकतर्फी प्रणाली लागू गरेको छ । पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले आजदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

सुरुवाती दिनमा चालकहरू रुटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम भइरहेको छ । आजदेखि काठमाडौँ महानगरपालिका–५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग, हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ ।

विशाल नगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।

हाँडी गाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी ठाउँ ठाउँमा ‘वान वे’ को बोर्ड राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here