काठमाडौँ । पोखरामा पत्रकार हरिहर विरही सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मानबाट विरही सम्मानित भएका हुन् ।
पत्रकारिता सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । विरहीलाई प्रथम राष्ट्रपति डा.रामवरण यादवले सम्मान गरे । पुरस्कार उद्योगपति तथा राजनीतिज्ञ स्व.सूर्यबहादुर केसीले बाबुको स्मृतिमा स्थापना गरेका हुन् ।