काठमाडौँ  । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार एक जना पुरुष मृत फेला परेका हुन् । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । ‘हामी शवको पहिचान खुलाउने प्रयासमा छौँ,’ एसपी सुवेदीले  भने ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो । यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here