काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ।  बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here