काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ ।  यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here