xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506

काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । आज एकै दिन सुन प्रतितोला सातसय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय  रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय  ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here