काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णय र कार्यविरुद्ध रिट दायर गरेकी थिइन् । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here