काठमाडौं । बिहीबार देशभर आन्शिक देखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघरगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । यस्तै, बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघरगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


























