काठमाडौं । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अहिले बिहान भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी तथा मध्यम वर्षाका कारण विभिन्न भागका सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषिलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। भारी वर्षा, मेघगर्जन, चट्याङ, बाढीपहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्ने सन्दर्भमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सुझाव दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here