काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एन–एजेडी कल साइनको हेलिकप्टर दुर्घटना भएको हो ।

प्राधिकरणका अनुसार हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभएको तर हेलिकप्टरको टेल रोटर भने भाँचिएको छ । हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

हेलिकप्टर डाक्टर लिएर विरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here