Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । गायक हेमन्त शर्माको स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ । गीतमा शर्मालाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र वियोगीको छ । गायक शर्माले ‘उता परेली झिम झिम’ को सफलतापछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत ल्याएका हुन् ।
गीतको म्युजिक भिडियोमा अभिनेता अनुपविक्रम शाही र मोडल कविता नेपालीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।


























