काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने बताएका छन्।प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकारले गम्भीरताका साथ विचार गरिरहेको बताएका हुन्।२६ औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्वतीय देशहरुका लागि संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनको असर न्युनीकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालका लागि खुशी र गौरवको विषय भएको पनि बताए।

प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई विपद् जोखिम न्युनीकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधन स्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिबद्ध रहेकोसमेत बताए। उनले प्रदेशमा विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने कामलाई पनि सरकारले अघि बढाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here