काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् ।‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् ।  उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।  ‘सहकारी ठगी गरेर भागेका जीवी राईलाई तत्काल पक्राउ गर्ने आश्वास दिनु भएको थियो । खै कहिले पक्रेर कारबाहीको दायरामा ल्याउनुहुन्छ रु जीवी राई कहाँ छन् ?,’ उनले भनिन् ।

गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ । ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पस्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? छानविनको दायरामा आउनु पर्दैन ?,’ उनको प्रश्न छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here