आर के त्रिपाठी । नेपाली कांग्रेस बलियो बनाउन अब सम्माननीय शेर बहादुर देउवा,माननीय गगन थापा,विश्व प्रकाश शर्मा र माननीय डा शेखर कोइराला अब उप्रान्त एकै ठाउँमा उभिनु पर्दछ।यसमा नै नेपाल र नेपाली कांग्रेसको भलो हुन्छ। सबैले आ–आफ्ना दावेदारी प्रस्तुत गरिँरहँदा हामी कांग्रेसीहरुले कसले कस्ता एजेण्डाहरु बोकिरहेका छौं ? विगतमा पदमा रहँदा कसले कार्यकर्ता र जनताका कुरा सुने ? कसले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताका लागि राजनीति गरे ? कसले बर्तमान संकट निवारणमा सही कार्यदिशा दिनसक्छ ? कांग्रेसलाई मुलुककै पहिलो पार्टी बनाउने आधार कसले तयार गर्दैछ ? भन्ने मुख्य कुरामा ध्यान दिन जरुरी छ । किन डा शेखर कोइराला लाई पार्टी सभापती बनाउनु पर्ने ?मेरो आत्माले देखेको डा शेखर कोइराला यस्तो हुनुहुन्छ! डा शेखर कोइराला,माननीय गगन थापा ,विश्व प्रकाश शर्मा हरेक दिन यि तलका बेतिथी विरुद्ध प्रष्ट आवाज उठाउने नेता हुनुहुन्छ।
वहाँ के भनि रहनु भएको छ भने भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको,सरकार गठनको एक वर्ष पुग्दा पनि आम जनताले राहत नपाएको, सरकारले जनहितको लागी डेलिभरीका काम गर्न नसकेको,विवादास्पद व्यक्तिलाई नियुक्ति दिएर निराशा बढाउने काम गरेको, जन भावना अनुसार विकाशको काममा सरकार पूर्ण असफल भएको,केन्द्रले प्रदेश सरकारलाई संविधानले किटानी गरेको अधिकार दिन इन्कार गरेको, चारैतिर अन्योल र असामान्जस्य स्थिती रहेको,बेरोजगार बढेको, देशको आर्थिक अवस्था खस्केर Economy Crash हुने अवस्था आएको, अन्तराष्ट्रिय संबन्ध विग्रियको,नागरिकमा व्यापक Frustration आएको,नेपालको राष्ट्रियतामा खिया लाग्दै गएको स्थिती जग जाहेर छ। डा शेखर कोइराला माननीय गगन थापा विश्व प्रकाश शर्मा,हरेक दिन यि तमाम बेतिथी लाई थिती बसाल्न अब नेपाली कांग्रेस पार्टीको नेतृत्वमा नै सरकार बनाई तमाम समस्या हल गर्न र जन विश्वास प्राप्त गर्न नेपाली कांग्रेसले पहल गर्नु पर्दछ भनि रहनु भएको छ। यति गहिरो र यथार्थ परक प्रष्ट कुरा राख्ने; परिस्थिती नियाल्ने;सुक्ष्म विश्लेषण गर्ने र सामाधानको लागी नेपाली कांग्रेस पार्टी र नेपाल सरकार लाई सल्लाह दिने नेता मैले भेटेको छैन।२०४६ सालयताका हरेक राजनीतिक घटनाक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएर डा. शेखर कोइरालाले पार्टी भित्र पुर्याएको योगदानको कदर गर्ने हो भने अब उनकै नेतृत्वमा कांग्रेस व्यूतिनेमा दुई मत छैन। १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण आन्दोलन मार्फत निमिट्यान्न गर्न स्वर्गीय गिरिजाप्रसाद कोइरालाले शेखर कोइरालालाई जति विश्वास गरे,त्यत्ति अन्य पात्रलाई गर्न सकेनन्। डा. शेखर कोइरालाले तत्कालिन माओवादीसँग सात राजनीतिक दलहरुबीच १२ बुँदे सम्झौता गर्न गराउन खेलेको सकारात्मक भूमिकाकै कारण आज देश शान्तिपूर्ण राजनीतिमा छ । विगत २० वर्ष यताको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक,आर्थिक सामाजिक परिस्थिति र परिवेशलाई प्रत्यक्ष भोग्दै,अनुभूत गर्दै आएका, देशका ७७ वटै जिल्लाका नेता कार्यकर्ता हरुसँग समान धारणा बनाएर पार्टी र संगठनलाई विधि तथा प्रक्रियाबाट चलाउनु पर्छ भन्ने एक मात्र ध्येय बोकेर राजनीति गर्ने डा. कोइरालाले अब कांग्रेसलाई काँध थाप्नुको विकल्प छैन। पछिल्लो समय पार्टीलाई निती नियम भित्र भन्दा व्यक्तिवाद हावी भइरहेको छ।त्यसलाई समाप्त पार्न र पार्टीलाई विधि विधानमा चलाउन पनि डा शेखरको लिडरसीप अनिवार्य छ । डा. शेखर कोइरालाले 13 औं महाधिवेशन बाटै पार्टीलाई व्यापक पुर्नसंचरनाको कुरा उठाएका छन् ।
दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग बसाल्ने डा. कोइरालाले कांग्रेसको नेतृत्व गरे पार्टी र मुलुकको विकासमा ठूलो टेवा पुग्नेमा दुई मत छैन। नेतृत्वले सांगठनिक रुपमा पार्टी र देशलाई कसरी अगाडी बढाउने स्पष्ट रेखा कोर्न सकेन भने त्यो पार्टी भुत्ते हुन जान्छ। उहाँले पहिलो पंक्तिका नेताहरुलाई सम्मानजनक पदस्थापन गरेर दोश्रो,तेस्रो पंक्तिका नेता तथा कार्यकर्ताहरुलाई अगाडी ल्याउने उद्घोष गर्दै गर्दा त्यसले कांग्रेसभित्र नेतृत्व तयार गर्ने अभियान चल्नेछ। युवाहरु स्वतःस्फुर्त पार्टीका कार्यक्रमहरुमा सक्रिय रहनेछन् । त्यसमाथि डा कोइरालाले एक कार्यकाल मात्र सभापति भएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनिरहँदा त्यसले कांग्रेसलाई पुर्नसंरचनामा जाने आधार पनि तयार हुनेछ । विगतमा नेतृत्वहरुले पार्टी भन्दा पनि व्यक्तिगत स्वार्थ हेर्दा कांग्रेसको धरातल कमजोर भएको हो । माननीय गगन थापा त्रिचन्द्र क्याम्पसमा I SC पढ्दा म त्रिचन्द्र क्याम्पसमा B SC पढ्दथें।हामी निकै मिल्ने दाजु भाई जस्तो थियौं।हामी कालो चिया खाएर रमाउथ्यौँ ।विश्व प्रकाश शर्मा र म निकै नै हितैषि थियौं।