काठमाडाैं– संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को ९१० बमोजिम जानकारी गराउने छन्।

 राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुहुनेछ, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिध परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधनक) विधेयक, २०७९ प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here