काठमाडौँ ।  गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् । गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ।संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीसँग कुराकानी गर्दै सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा ‘पूर्ण रूपमा नरसंहार’ भएको जिकिर गरिन्। अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताइन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै यो लडाइँलाई तीव्रता दिने र हमासको विनाश नभएसम्म यो जारी रहने बताएका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको यो बयान आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here