काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सर्वजानिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।

जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको ०३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १९ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैया २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here