काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सर्वजानिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।
जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.५० रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.१६ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ ।