काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफलबाट कोशी प्रदेश नामाकरणको विवाद समाधान गरिने बताएका छन्।शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षसँग संवाद गरी समाधान गर्न पहल गर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, ‘नामाकरणको विषयलाई सबै राजनीतिक दल र आन्दोलनरत संंस्थाका नेताहरुबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेरेर भए पनि काम गर्न नसक्ने मन्त्रालय पुनर्गठन गरी कामलाई गति दिने बताए।


























