काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज जिम्बावेमा सुरु हुदैछ । पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ । सो खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० खेल खेल्न लागेको हो ।
विश्वकप छनोटमा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन् ।
समूह ‘बी’ का आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन् । नेपालले जिम्बाब्वेविरुद्ध असार ३ गते, अमेरिकाविरुद्ध असार ५ गते, वेस्ट इन्डिजविरुद्ध असार ७ गते र नेदरल्यान्ड्सविरुद्ध असार ९ गते खेल्नेछ ।